चौतीस लघुवित्तले घोषणा गरे लाभांस, लगानीकर्तालाई औसतमा साढे २६ प्रतिशत प्रतिफल

परमेश्वर अधिकारी
काठमाण्डौं
३०आश्विन, २०७६, बिहीबार / Oct 17, 2019 12:11:pm

३४ वटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई बितरण गर्ने प्रतिफल घोषणा गरेका छन् । ७ देखि ८० प्रतिशतसम्म लाभांस प्रस्ताव गरेका माइक्रोफाइनान्स कम्पनीको औसत लाभांस साढे २६ प्रतिशतको हाराहारीमा छ ।

नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएका लघुवित्त कम्पनीहरुमध्ये धेरैजसोले लाभांस प्रस्ताव गरेका हुन् । अब केही लघुवित्त कम्पनीहरुले मात्र लाभांस घोषणा गर्न बाँकी छ ।

नेशनल माइक्रोफाइनान्सले सबैभन्दा धेरै अर्थात ८० प्रतिशत लाभांस घोषणा गरेको छ भने गणपति माइक्रोफाइनान्सले सबैभन्दा थोरै अर्थात झण्डै साढे ७ प्रतिशत लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्त कम्पनीहरुको लाभांसमा बोनस शेयरको हिस्सा अधिक छ । अर्थात लघुवित्त कम्पनीहरु अझै पनि चुक्ता पूँजी बढाउने क्रममा छन् । औसतमा हेर्दा २६.५९ प्रतिशत कुल लाभांस प्रस्ताव भएकोमा बोनसको औसत २१.६२ प्रतिशत छ भने नगद लाभांसको औसत ४.९५ प्रतिशत मात्र छ ।

३४ लघुवित्त कम्पनीले प्रस्ताव गरेको लाभांसको विबरण यस्तो छ ।



४० देखि ५० प्रतिशतसम्म लाभांस प्रस्ताव गर्ने लघुवित्त कम्पनीको संख्या ६ छ भने ३० देखि ३९ प्रतिशत लाभांस प्रस्ताव गर्ने लघुवित्तको संख्या पनि ६ नै छ । २० देखि २९ प्रतिशत लाभांस प्रस्ताव गर्ने कम्पनीको संख्या ७ छ भने १० देखि १९ प्रतिशत लाभांस घोषणा गर्ने कम्पनीको संख्या ११ छ । १० प्रतिशतभन्दा थोरै लाभांस प्रस्ताव गर्ने लघुवित्त कम्पनीको संख्या ३ रहेको तथ्यांकले देखाउँछ ।

उल्लेखित ३४ लघुवित्त कम्पनी मध्ये फष्र्ट माइक्रोफाइनान्सले असोज १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरी असोज २८ गते साधारण सभा गरिसकेको छ । आशा लघुवित्तले कात्तिक ७ गते साधारण सभा आह्वान गरेको छ भने असोज १५ गते नै बुकक्लोज भैसकेको छ । अरु कम्पनीहरुले बुकक्लोज तथा साधारण सभाको मिति निर्धारण गरिसकेका छैनन् ।


Share on:


Comments