मेरो माइक्रोफाइनान्सको संचालन खर्च र खराब कर्जाको भार बढ्दा पनि नाफा बढ्यो

-नोटबजार संवाददाता।
काठमाडौं।
२८श्रावण, २०७७, बुधबार / Aug 12, 2020 08:56:am

मेरो माइक्रोफाइनान्स लघुवित्त (MERO) ले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा साढे ३ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले खराब कर्जा बढेर संचालन नाफा घट्दा पनि नाफा बढाएको छ ।

आर्थिक ०७६/०७७ मा लघुवित्तले १६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५४ लाख ६० हजार रुपैयाँ अर्थात ३.४८ प्रतिशत बढी हो। तर कम्पनीको संचालन मुनाफा भने २२ प्रतिशतले घटेको छ। सञ्चालन नाफा घटेपनि लघुवित्तले ६ करोड २८ लाख ७६ हजार रुपैयाँ खराब कर्जा उठाएपछि खुद नाफा बढेको हो।

सञ्चालन मुनाफा घटेपनि लघुवित्तको गैर सञ्चालन आम्दानी बढे्पछि नाफा बढेको हो।

कम्पनीको लागत घट्दा खुद ब्याज आम्दानीमा बढोत्तरी आएको छ । तर संचालन खर्च बढेको छ । लघुवित्तको कर्मचारी खर्च नै ४५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सले ५० करोड ४७ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ३२.४५ प्रतिशत बढी हो ।

माइक्रोफाइनान्सले ३ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ सापटी र १ अर्ब ५८ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८४ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको सापट, निक्षेप र कर्जामा समेत सुधार आएको छ ।

Particulars  Mero Microfinance Laghubitta (Rs in '000)
Q4 2076/77 Q4 2075/76 Difference %
Paid Up Capital 855,140.00 855,140.00 0.00%
Reserve & Surplus 353,354.17 191,143.26 84.86%
Net Profit 162,268.13 156,808.24 3.48%
EPS (In Rs.) 18.98 18.34 3.48%
Net Worth per Share (In Rs.) 141.32 122.35 15.50%
Deposits 1,586,049.84 1,210,633.44 31.01%
Loans & Advances 5,842,801.03 4,666,810.18 25.20%
Net Interest Income 504,753.00 381,086.63 32.45%
Provision for possible losses 77,669.79 22,637.92 243.10%
Operating Profit 191,326.36 248,453.68 -22.99%
NPL (%) 3.65 1.2 204.17%
Cost of Fund (%) 7.7 9.71 -20.70%
PE Ratio (times) 35.52 19.23 84.71%

 

८५ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको तुलनामा माइक्रोफाइनान्सको जगेडा कोष ८४ प्रतिशतले बढेको हो।

संस्थाको निष्क्रिय कर्जा १.२० प्रतिशतबाट बढेर ३.६५ प्रतिशत पुगेको छ। जसले गर्दा जोखिम व्यवस्था बापतको खर्च बढेको छ । जसको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३२ पैसा तथा मूल्य आम्दानी अनुपात ३५.५२ गुणा छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments