सिटिजन्स बैंकको नाफामा ४७% बढोत्तरी, अन्य सूचक कस्ता ?

-नोटबजार संवाददाता।
काठमाण्डौं।
७कार्तिक, २०७७, शुक्रबार / Oct 23, 2020 06:13:am

सिटिजन्स बैंक (CZBIL) ले चालु आर्थिक वर्ष २०७७।७८ को पहिलो त्रैमासमा खुद नाफामा ४७ प्रतिशतको बढोत्तरी गरेको छ । असोज मसान्त्सम्ममा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो बर्षको भन्दा १६ करोड ६४ लाख अर्थात करिब ४७.६६ प्रतिशत बढी हो ।

अघिलो आवको पहिलो तीन महिनामा बैंकले ३४ करोड ९१ लख नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने ९२ लाख ७४ हजार रुपैंयाँ कायम भएको छ ।

बैंकको नाफा पूँजी बढेको अनुपातमा प्रतिशेयर आम्दानीमा पनि बढेको छ ।

९ अर्ब ८ करोड ९८ लाख चुक्ता पुँजी रहेको सिटिजन्सको जगेडा कोषमा ३ अर्ब ९० करोड रुपैंयाँ रहेको छ भने रिटेन अर्निङमा ९४ करोड ३७ लाख रहेको छ । सिटिजन्सले यसअवधिमा ९७ अर्ब ९४ करोड निक्षेप संकलन गरेर ८२ अर्ब ६४ करोड कर्जा लगानी गरेको छ ।

बैंकको निष्कृय कर्जा १.४३ प्रतिशत, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा, मुल्य आम्दानी अनुपात ९.४८ पैसा छ । बैंकको सीडी रेसियो ७३.५० प्रतिशतमा कायम छ ।

Particulars  Citizens Bank Q1  (In Rs '000)
 2077/78 2076/77 Change %
Share Capital 9,089,817 9,089,817 0.00%
Profit/(Loss) for the Year 515,591 349,169 47.66%
Distributable Profit/ (Loss) after P/L Appropriation and Regulatory Adjustments 9,274    
Annualized EPS (In Rs.) 22.69 15.37 47.66%
Net Worth per Share (In Rs.) 153.4 147.61 3.92%
Retained Earnings 943,723 931,157 1.35%
Reserves 3,905,998 3,392,622 15.13%
Deposits 97,940,622 88,496,228 10.67%
Loans & Advances  82,648,624 78,976,395 4.65%
Net Interest Income 839,173 708,325 18.47%
Personnel Expenses 289,336 248,621 16.38%
Operating Profit 733,076 489,214 49.85%
NPL 1.43 0.98 45.92%
CCD (as per NRB Directives) 73.5 78.41 -6.26%
Cost of Fund (%) 6.79 8.3 -18.19%
Base Rate (%) 8.81 10.75 -18.05%

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments