निरन्तर व्यवसाय र आम्दानी बढाउँदै नेपाल लाइफ, पहिलो त्रैमास यस्तो

Note Bazar २८कार्तिक, २०७७, शुक्रबार / Nov 13, 2020 09:57:am

नेपाल लाइफ इन्स्योरेन्सले प्रत्येक आर्थिक वर्षका प्रत्येक त्रैमासमा आफुलाई अब्बल बनाउँदै लगेको वित्तीय विबरण सार्वजनिक गरिरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि इन्स्योरेन्सले अधिकांस सूचकहरुमा उल्लेख्य सुधार गरेको वित्तीय विबरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ७ अर्ब ८१ करोड ८३ लाख ९३ हजार रुपैंया बीमाशुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क संकलन रकम १४ प्रतिशतले बढेको हो ।

अरु आम्दानीका शिर्षकहरुमा पुनर्बीमा कमिशन आय १ करोड ३२ लाखबाट १ करोड १४ लाख १० हजारमा झरेको इन्स्योरेन्सको लगानी कर्जा तथा अन्यबाट हुने आम्दानी १ अर्ब ४० करोड ६५ लाख ८४ हजारबाट १ अर्ब ६८ करोड ५७ लाख ६३ हजार रुपैंया पुगेको छ ।

बीमालेखको धितोबाट हुने आम्दानी पनि ३८ करोड ६४ लाख २१ हजार रुपैंयाबाट ५२ करोड ४४ लाख ५४ हजार रुपैंया पुगेको छ ।

आम्दानीका शिर्षकहरुमा आएको वृद्धिसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख ३२ हजार रुपैंया खुद नाफा कमाएको इन्स्योरेन्ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ९० लाख २ हजार रुपैंया खुद नाफा कमाएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १२ प्रतिशतले बढेको हो ।

उल्लेखित सबै विबरणहरु अपरिष्कृत तथा बीमाङ्कीय मुल्याङ्कन गर्नु पहिलेको भएकाले अन्तिम तथ्यांकमा धेरै परिमार्जन हुनेछ ।

चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैंया रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३ अर्ब ६६ करोड ७२ लाख १२ हजार रुपैयाँ सञ्चित छ । यस्तै जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड १३ लाख ६३ हजार रुपैयाँ र महाविपत्ती कोषमा ६० करोड ८० लाख ६१ हजार रुपैयाँ सञ्चित रहेको इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १७७ रुपैंया ७९ पैसा छ ।

वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ८२.४४ गुणाले बढी छ । बीमाङ्कीय मूल्यांकनका आधारमा यो तथ्य धेरै तल आउँछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments