ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद इकाइमूल्य बढ्यो

-नोटबजार संवाददाता।
काठमाण्डौं।
१५मंसिर, २०७७, सोमबार / Nov 30, 2020 17:51:pm

ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य असोजको तुलनामा कात्तिक महिनामा १.२४ रुपैयाँले बढेको छ ।

शेयर बजारमा आएको उछालका कारण फण्डले लगानी गरेको सूचीकृत कम्पनीके शेयरमूल्य बढ्दा प्रतिइकाई खुद सम्पति मूल्य १२.९० रुपैयाँ पुगेको हो । असोजमा मसान्तमा ११.६६ रुपैयाँ थियो ।

कात्तिक मसान्तसम्ममा फण्डको ८२ वटा कम्पनीको शेयरमा १ अर्ब २३ करोड २ लाख १७ हजार रुपैयाँ बराबरको लगानी छ । असोजमा १ अर्ब ६ करोड ७६ लाख २४ हजार रुपैयाँ थियो ।

कार्तिक मसान्तसम्ममा फण्डको खुद सम्पत्ति १ अर्ब २९ करोड ४ लाख २ हजार पुगेको छ । असोजमा १ अर्ब १६ करोड ६२ लाख ९२ हजार थियो।
असोजमा ६ करोड ५३ लाख ९१ हजार कुल नाफा आर्जन गरेको फण्डले कार्तिकमा १८ करोड ९५ लाख कुल नाफा आर्जन गरेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments