डिप्रोक्स लघुवित्तको २४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
११माघ, २०७७, आईतवार / Jan 24, 2021 11:04:am

डिप्रोक्स लघुवित्तले २४ हजार १८० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।  लघुवित्तले संस्थापक शेयरधनी देवेन्द्र प्रताप शाहको नाममा रहेको २४ हजार १८० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

शेयर खरिद गर्न इच्छुक व्यक्ति, संगठित, संघ संस्थाले फागुन १६ गते आइतबारसम्म आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीले आवेदन गर्न पाउने गरी बिक्रीमा ल्याएकोमा संस्थापकहरुबाट खरीद भएपछि लघुवित्तले सर्वसाधारण लगानीकर्ता तथा संघ संस्थालाई शेयर बिक्री गर्न लागेको हो ।

आवेदकले शेयरको मूल्य खुलाई लघुवित्तको कर्पोरेट कार्यालय सितापाइला काठमाण्डौंमा आवेदन बुझाउनु पर्नेछ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments