सिभिल बैंकको प्रस्तावित लाभांश पाउन माघ २२ गतेसम्म शेयरधनी बन्नुपर्ने

-नोटबजार संवाददाता।
काठमाडौं।
१६माघ, २०७७, शुक्रबार / Jan 29, 2021 11:37:am

सिभिल बैंकले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गराउन फागुन ९ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको माघ १५ गते बसेको संचालक समितिको ३२८ औँ बैठकले बैंकको केन्द्रीय कार्यालय सुन्धारा काठमाण्डौमा बिहान ११ बजे सभा डाकेको हो । साधारण सभा भर्चुअल माध्यमबाट संचालन गरिने बैंकले जनाएको छ ।

सभामा बैंकले आ.व २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ०.४२ प्रतिशत नगद लाभांस र ८ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सिभिल बकैं र अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने लगायतका विभिन्न प्रस्ताबहरु पारित गर्ने जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले माघ २३ गते शुक्रबार बुक क्लोज मिति तोकेको छ । तसर्थ माघ २२ गते बिहीबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश र सभामा सहभागिता जनाउन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments