क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा नाजिर हुसैन, धमाकेदार अफर सार्वजनिक

Note Bazar ४फाल्गुन, २०७७, मंगलवार / Feb 16, 2021 12:41:pm

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा अभिनेता नाजिर हुसैनलाई नियुक्त गरेको छ ।

करोडौँ दर्शक स्रोता माझ लोकप्रिय अभिनेता हुसैन सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले ब्राण्ड एम्बेस्डर नियुक्ति सँगै धमाकेदार अफर पनि सार्वजनिक गरेको छ । गुणस्तरिय सेवा प्रवाह गरिहेको कम्पनीले सहज र उत्कृष्ट सेवा प्रवाह गर्दै आइरहेको छ ।

क्लासिक टेकले गुणस्तरीय सेवाको साथै ग्राहकहरूको फाइदा सुविधाका लागि विभिन्न समयमा अफर तथा प्याकेज हरूको घोषणा गर्दै आइरहेको छ ।

उक्त अफर सम्पूर्ण नेपाली र नेपालकै लागि सबैभन्दा सस्तो र राम्रो रहेको कम्पनीको दावी छ । यस्तो उत्कृष्ट प्याकेज तथा अफरहरूले ग्राहक हरूलाई थप आर्थिक लाभ मिल्नेछ ।

कम्पनीले नयाँ अफरमा मासिक ७९९ रुपैंयामा २० एमबिपीएस स्पीडको इन्टरनेट सेवा दिने भएको छ । जसमा ग्राहकले इन्टरनेट र आईपीटिभिमा १५० वटा च्यानलहरू निःशुल्क प्राप्त गर्नेछन् । अफर अन्तर्गत ग्राहकहरूले जुनै पनि प्याकेजमा अपग्रेड हुन पाउने छन् ।

नयाँ नयाँ ठाउँमा क्लासिक सेन्टर खोल्दै सेवा दिँदै आएको कम्पनीले साना वस्ती तथा गाउँमा पनि इन्टरनेट पुर्याउँदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments