नेप्सेसँगै प्रमुख एशियाली शेयर बजारमा पनि गिरावट

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१०फाल्गुन, २०७७, सोमबार / Feb 22, 2021 19:37:pm

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार ३२ अंकले घटेको छ । नेप्से मात्र नभई प्रमुख एशियाली शेयर बजारहरु घट्दो क्रममा देखिएका हुन् ।

एशियाका शेयर बजार मध्ये चीनको सांघाई कम्पोजिट, हङकङको ह्याङस्याङ तथा दक्षिण कोरियाको कोस्पी घट्दो क्रममा रहेका छन् । तर जापनाको निक्की भने केही सकारात्मक अवस्था रहेको छ ।

त्यसैगरी युरोपीय शेयर बाजारका सूचकहरु पनि घट्दो क्रममा नै देखिएका छन् । यसैबीच विश्वको बेञ्चमार्क ब्रेन्ट कच्चा तेल ०.६६ प्रतिशतले बढ्दै प्रति ब्यारल ६२.५५ डलरमा कारोबार भएको छ ।

कोरोना विरुद्धको खोप बजारमा आएपछि सुरु भएको आर्थिक गतिविधिले शेयर बजारवाट पूँजी सिफ्ट गर्ने क्रम देखिएको छ । कोरोनाका कारण सबै क्षेत्रको पैसा शेयर बजारमा केन्द्रित भएको हुनाले पनि अधिकांश शेयर बजारले नयाँ उचाइ तय गरेका थिए । तर, कोरोनाको खोप बजारमा आएर आर्थिक गतिविधि सुचारु हुनाले शेयर बजारबाट पैसा बाहिरिन थालेको विज्ञहरुको अनुमान छ ।

सोमबार भारतीय शेयर बजार सूचकहरु पनि घट्दो क्रममा देखिएका छन् । नेशनल स्टक एक्सचेन्ज सूचक निफ्टी सोमबार ३३७ अंकले घटेको छ भने मुम्बई स्टक एक्सचेन्ज सूचक सेनसेक्स पनि १ हजार १४५ अंकले घटेको छ ।

सोमबार कारोबार सुरु भएदेखि घट्दो क्रममा रहेका भारतीय शेयर बजार सूचकहरु बन्द हुँदा क्रमशः निफ्टी १४ हजार ६४४ अंकमा र सेनसेक्स ४९ हजार ७४४ अंकमा झरेका छन् । सोमबार सरकारी बैंकहरुको सूचक २ प्रतिशतसम्म घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments