आईएमई लाइफको नयाँ बोनस दर सार्वजनिक
आईएमई लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ ।
कम्पनीले आथिर्क वर्ष २०७५÷०७६ को बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा समितिबाट फागुन ३ गते स्वीकृत भए अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको जनाएको छ ।
इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
निर्धारित बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ।
साथै, अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी हुने सम्पूर्ण दाबीहरुमा समेत यस बोनसदर कायम हुने इन्स्योरेन्सले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।