कोरोना बीमा वापत हालसम्म ४ अर्ब भुक्तानी

-नोटबजार संवाददाता।
काठमाडौं।
१०फाल्गुन, २०७७, सोमबार / Feb 22, 2021 12:28:pm

कोरोना बीमा वापत ४ अर्ब भुक्तानी भएको छ । बीमा समितिले उपलब्ध गराएको फागुन ७ गतेसम्मको तथ्यांक अनुसार ४१ हजार २६१ जना बीमितलाई ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको छ ।

समितिका अनुसार फागुन ७ गतेसम्म कारोना बीमामा ७७ हजार १२८ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ५७५ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । ५ हजार १३ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ।

समितिका अनुसार नौँ हजार ७३४ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने २ हजार ३१९ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।

त्यस्तै, ४५५ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । १४ हजार ७७१ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments