सरकारले आन्तरिक ऋण उठाउन १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै

-नोटबजार संवाददाता।
काठमाडौ ।
११फाल्गुन, २०७७, मंगलवार / Feb 23, 2021 07:53:am

सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ बरावरको आन्तरिक ऋण उठाउने भएको छ । विकास ऋणपत्रमा लगानी गर्नेले पाउने प्रतिफल भने बोलकबोल विधि मार्फत निर्धारण हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकमा अनुसार बोलकबोल मार्फत आएका आवेदनका आधारमा कट आफ रेट निर्धारण गरेर ब्याजदर निर्धारण गरिन्छ । यसभन्दा अघि सरकारले निष्काशन गरेको १० अर्ब रुपैयाँ बरावरको ६ वर्षे विकास ऋणपत्रको कट रेट ३.९० प्रतिशत कायम भएको छ ।

मंगलबार देखि निष्काशन हुने सो विकास ऋणपत्र भने ८ बर्षमा परिपक्क हुनेछ । यसको ब्याजदर पनि यसभन्दा अघिल्लो विकास ऋणपत्रमा तय भएको कट अफ रेटको हाराहारीमा नै हुनेछ । वित्तीय प्रणालीमा अधिक तरलताका कारण घट्दो क्रममा रहेको ब्याजदरका कारण विकास ऋणपत्रको कटअफ रेट पनि कम तय हुने देखिन्छ ।

गत बैंशाखमा निष्काशन भएको विकास ऋणपत्रको कट अफ रेट ६.४८ प्रतिशत कायम भएको थियो । तर, गत असोजमा निष्काशन भएको विकास ऋणपत्रको कट अफ रेट ४ प्रतिशतमा झरेको छ । त्यसैगरी माघको ३ प्रतिशतको हाराहारीमा झरेको छ । यो घट्दो क्रममा मंगलबार निष्काशन हुन लागेको विकास ऋणपत्रको कट अफ रेट पनि सोही आधारमा रहने अनुमान गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभाग मार्फत जारी हुने सो विकास ऋणपत्रको नाम ‘विकास ऋणपत्र, २०८५ घ’ रहेको छ । बोलकबोल मार्फत बिक्री हुने सो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन पाउने छन्।

सो ऋणपत्र खरिदका फागुन ११ गते राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा गोप्य रुपमा बोलपत्र पेस गर्नु पर्नेछ । यसरी पेस गरिएको बोलपत्र माघ १२ निष्कासन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

धितोमा राखी कर्जा समेत लिन सकिने सो ऋणपत्र खरिदका लागि न्यूनतम ५० हजार देखि सोले निषेश भाग जाने गरी कुल निष्काशित रकमका लागी आवेदन दिन सकिनेछ । साथै राष्ट्र बैंकले सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्ने जनाएको छ।

ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकवोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलकबोलको रुपमा मात्र भग लिन पाउने केन्द्रिय बैंकले जनाएको छ । केन्द्रिय बैंकबाट इजाजत प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धी बोलवाल हुन पाउदैनन् ।

राष्ट्र बैंकले सो ऋणपत्र प्रतिस्पर्धीलाइ ८५ प्रतिशत अर्थात ८ अर्व ५० करोड र अप्रतिस्पर्धीलाइ १५ प्रतिशत १ अर्ब ५० करोड गरी छुट्याएको छ । संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले लगानी गर्न सक्नेछ । कुनै एक पक्षको ऋणपत्र बिक्री नभएको खण्डमा अर्को पक्षलाई बिक्री गरिनेछ । माग भन्दा धेरै आवेदन परेको खण्डमा दामासाहीको हिसाबले बाडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र बोलमुल्य बोलपत्र फारममा उल्लेख गर्नु पर्नेछ । लगानीकर्ताले अर्धबार्षिक रुपमा ब्याज भुक्तानी पाउने छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments