संसद पुनस्थापनको अन्यौलतासँगै 'प्रफिट बुकिङ' गर्ने हाबी हुँदा शेयर बजारमा तीब्र गिरावट

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
११फाल्गुन, २०७७, मंगलवार / Feb 23, 2021 16:39:pm

राजनितिक अस्थिरताका बीच यो साता संसद पुन:स्थापना हुन्छ वा हुँदैन भन्ने अन्यौलताको असर शेयर बजारमा परेको छ ।

संसद पुनस्थापना हुन्छ कि हुँदैन र भई हाल्यो भने प्रधानमन्त्री केपी ओलीको अर्को 'मुभ' के हुन्छ भन्ने अन्यौलताको असर शेयर बजारमा परेको छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले धमाधम 'प्रफिट बुक' गरिरहेका छन् ।

निरन्तर बढिरहेको बजार करेक्सनको बाटोमा रहेको भन्दै ठुला लगानीकर्ताहरुले धमाधम लगानी निकाल्न थालेको बुझाई आम लगानीकर्तामा परेको छ । संकट लाग्ने हल्लाका कारण एकाएक बजारमा तिब्र गिरावट आएको हो ।

मंगलबार ८८ अंकसम्मको गिरावट आएको बजार अन्तिम समयमा २१ अंकको गिरावटमा बन्द भएको छ । मंगलबार नेप्से २ हजार ६०७ मा खुलेकोमा २ हजार ५१९ बिन्दुसम्म ओर्लिएको थियो । योसँगै बजार परिसूचक नेप्से २६८६.५१ अंकमा ओर्लिएको छ ।

निर्जीवन बीमा कम्पनी समुहमा सबैभन्दा धेरै गिरावट आएको बजारमा वाणिज्य बैंक समुहमा भने सामान्य गिरावट देखिएको छ । जसका कारण बजारको तीब्र गिरावट कम भएको देखिन्छ । मंगलबार व्यापार समुहमा मात्र सकरात्मक देखिएको बजारमा बाँकी सबै उपसमुहमा गिरावट आएको छ । 

नेप्से घटेसँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण ३५ खर्ब ६४ अर्ब १० करोडमा झरेको छ । सोमबारको तुलनामा बजार पूँजीकरण २९ अर्ब १५ करोडले घटेको हो ।

प्रि ओपनिङ सेसनदेखि नै ओरालो लागेको बजार नियमित सेसनमा भने ५ अंकसम्म सुधारिएको थियो । तर त्यो सुधार केही मिनेट पनि टिक्न नसकी तीब्र गतिमा बजार ओरालो लागेको थियो । ८४ अंकको गिरावट आउँदा शेयर मूल्य सस्तो भएपछि खरिद चाप आउन थाले पछि क्रमिक रुपमा गिरावटको क्रम घटेको थियो ।

SymbolTurnoverClosing Price
As of 2021-02-23 15:00:00
NIFRA739,452,518.00594.00
UPPER433,901,077.00571.00
NABIL373,558,967.001,335.00
NICA328,050,381.00925.00
GBIME296,292,058.00474.00
NIL274,962,459.001,704.00
NLIC265,607,845.002,197.00
NRIC255,602,239.001,510.00
NBL246,967,805.00453.00
API234,812,801.00326.00

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर सर्वाधिक कारोबार, सबैभन्दा धेरै कारोबार रकम र सबैभन्दा धेरै कारोबार संख्याका आधारमा पहिलो स्थानमा परेको छ । प्रतिकित्ता शेयर मूल्यमा मंगलबार मात्र १३२ रुपैंयाको अन्तर देखिएको कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर कारोबार भएकोमा केही बेरमा नै १० प्रतिशतले घटेर कारोबारमा आएको थियो ।

SymbolLTPPoint Change% Change
As of 2021-02-23 15:00:00
NFS321.0029.009.93
API326.0029.009.76
LEC284.0025.009.65
HPPL377.0033.009.59
NLG1,163.0064.005.82
CGH312.0017.005.76
USLB2,361.00114.005.07
AHPC361.0017.004.94
RRHP291.0010.003.56
ALICL1,380.0034.002.53

मंगलबार बजार निरन्तर ओरालो लाग्दा २ सय ५ कम्पनीका १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता शेयर ८३ हजार ३५७ पटक किनबेच हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैंयाको कारोबार भएको छ ।

बजार निरन्तर ओरालो लाग्दा पनि मंगलबार ५० कम्पनीको शेयर मूल्य बढेको छ । जसमा नेपाल फाइनान्स, अपि पावर कम्पनी, लिबर्टी इनर्जी लगायत कम्पनीको शेयर मूल्य धेरै बढेको छ । धेरै शेयर मूल्य घट्ने कम्पनीको शीर्षस्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक छ भने आँखुखोला जलविद्युत कम्पनी, युनिलिभर नेपाल लगायतका कम्पनी रहेका छन् ।

SymbolLTPPoint Change% Change
As of 2021-02-23 15:00:00
NIFRA594.00-66.00-10.00
AKJCL154.00-11.00-6.67
UNL19,204.00-1,071.00-5.28
NMB5012.82-0.70-5.18
PMHPL145.00-7.00-4.61
CORBL700.00-29.00-3.98
KKHC123.00-5.00-3.91
KRBL176.00-7.00-3.83
NICGF12.62-0.48-3.66
UPPER571.00-21.00-3.55

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।



Share on:


Comments