निर्धन उत्थान लघुवित्तको बोनसपछिको शेयरमूल्य समायोजन

-नोटबजार संवाददाता।
काठमाडौ ।
११फाल्गुन, २०७७, मंगलवार / Feb 23, 2021 08:28:am

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १३ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य १ हजार ४४० तोकेको छ ।कम्पनीको सोमवार कायम अन्तिम शेयरमूल्य १ हजार ६२७ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले यस वर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रहेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments