सुनको मूल्य बढ्यो

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
११फाल्गुन, २०७७, मंगलवार / Feb 23, 2021 11:10:am

केही दिन अघि ९ महिना यताकै सस्तो भएको सुनको मूल्य मंगलबार नेपाली बजारमा बढेको छ । यस्तै चाँदीको भाउमा पनि आज वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा १ हजार १०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ, तेजावी ८९ हजार ६५० रुपैयाँ र चाँदी तोलाको १ हजार ३६० रुपैयाँ कायम गरियको छ ।

सोमबार छापावाला सुन तोलाको ८९ हजार रुपैयाँ, तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
फागुन ७ गते मात्र जेठ महिना यता सस्तो भएको सुनको मूल्य क्रमश बढ्दै आएको महासंघले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments