एभरेष्ट बैंकमा सर्वसाधारण समुहको शेयर हिस्सा बढ्यो

-नोटबजार संवाददाता।
काठमाडौं।
१२फाल्गुन, २०७७, बुधबार / Feb 24, 2021 15:01:pm

एभरेष्ट बैंकमा सर्वसाधारण समुहको शेयर हिस्सा बढेको छ । बैंकले ८८ लाख कित्ता बढी संस्थापक शेयर सर्बसाधारण समुहमा परिणत गरेपछि सर्वसाधरण समुहको हिस्सा बढेको हो।

बैंकका अनुसार ८८ लाख १० हजार ८ सय २६ कित्ता संस्थापक शेयर सर्वसाधारण समुहमा परिणत भएको हो। यस संगै बैंकको संस्थापक र सर्बसाधारण समुहको शेयर संरचना ५९.२३ : ४०.७७ कायम भएको छ ।

बैंकको २६ औं बार्षिक साधारण–सभाले संस्थापक समूहको ९.९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत गर्ने प्रस्ताव पारित गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments