तीन वाणिज्य बैंकको सहित ३ करोड ४० लाख कित्ता बोनस सूचीकृत, कहिलेसम्म कायम लगानीकर्ताले पाउँछन् ?

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१३फाल्गुन, २०७७, बिहीबार / Feb 25, 2021 16:35:pm

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन वाणिज्य बैंक र एक लघुवित्तको गरी कुल ३ करोड ३९ लाख ७८ हजार ४७९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, र मेगा बैंक नेपाल लिमिटेडको बोनस बिहीबार सूचीकृत भएको हो ।

यसैगरी ग्लोबल आइएमई लघुवित्तको बोनस शेयर पनि आजै नेप्सेमा सूचीकृत भएको छ ।

कृषिको चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने १ करोड ४३ लाख ३४ हजार ६९१ दशमलव ०४६ कित्ता, मेगा बैंकको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड ३३ लाख २२ हजार ६९५ दशमलव ४१६ कित्ता, चार्टडको चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ५६ लाख ८ हजार १ दशमलव ४७ कित्ता, र ग्लोबल आइएमई लघुवित्तको चुक्ता पूँजीको २७.४७ प्रतिशतले हुन आउने ७ लाख १३ हजार ९१ दशमलव ०८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यससँगै सम्बन्धीत कम्पनीको साधारण सभा र लाभांश वितरण वितरण प्रयोजनका लागि बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस शेयर पाउनेछन् । हितग्राही खातामा बोनस आउनसाथ उक्त शेयर धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सकिनेछ ।

कृषि विकास बैंकले पुस १५ गते, स्ट्याण्डर्ड चार्टड बैंकले पुस ९ गते, मेगा बैंक नेपाल लिमिटेडले पुस १७ गते र ग्लोबल आइएमई लघुवित्तले पुस १५ गते साधारण सभा तथा लाभांश वितरणका लागि बुकक्लोज गरेका थिए ।  यसअनुसार बुकक्लोज मितिभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर कारोबार भई सम्बन्धीत कम्पनीको शेयर रजिष्ट्रारको शेयरधनी लगत किताबमा शेयरधनी कायम भएका लगानीकर्ताले मात्र उक्त बोनस शेयर पाउनेछन् ।

यी कम्पनीहरुले वितरण गरेका नगद लाभांश भने यसअघि नै क्लियरिङ्ग हाउसको आईपीएस मार्फत हितग्राही खातामा बैंक खातामा अद्यावधिक गराएका लगानीकर्ताको बैंक खातामा नै पठाइसकेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments