सुन चाँदीको मूल्य बढ्यो

-नोटबजार संवाददाता।
काठमाडौं।
१९फाल्गुन, २०७७, बुधबार / Mar 03, 2021 11:17:am

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलाको ५ सय रुपैयाँ, तेजावी ४५० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ५ सयस रुपैयाँ, तेजावी ८७ हजार र चाँदी तोलाको १ हजार ३१५ रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ८७ हजार रुपैयाँ, तेजावी ८६ हजार ५५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार १ हजार ७ सयले घटेको सुनको मूल्य बुधबार बढेको महासंघले जनाएको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments