नागरिक लगानी कोषको साढे ३ लाख कित्ता शेयर लिलामीमा, प्रिमियमबाट कोषले करोडौं आम्दानी गर्दै

-नोटबजार संवाददाता।
काठमाण्डौं।
२१फाल्गुन, २०७७, शुक्रबार / Mar 05, 2021 06:51:am

नागरिक लगानी कोष (CIT) ले फागुन २१ गते शुक्रबार (आज) देखि साढे ३ लाख कित्ता सर्वसाधारण समुहको शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ।

कोषले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५० कित्ता शेयर लिलामीमा राखेको हो ।यसबाट कोषले न्यूनतम ३ करोड ५४ लाख १५ हजार प्रिमियम संकलन गर्नेछ ।

अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ४ हजार ४९५ रुपैयाँ छ । बिहीबारको बजार मूल्यमा लिलामी शेयर बेच्न सके कोषले १ अर्ब ५५ करोड ६४ लाख ८९ हजार रुपैयाँ प्रिमियम संकलन गर्नेछ ।

लिलामीको शेयरमा लगानीकर्ता (इच्छुक व्यक्ति तथा संस्था) ले फागुन २१ गतेबाट चैत्र २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँ, नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं तथा शाखा कार्यालयहरू मोरङ र कास्की तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कोषले गत पुस २८ गते मंगलबार देखि माघ १९ गतेसम्म ८२ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सो बेला बिक्री नभएको शेयर हाल लिलामी बिक्री गर्न लागिएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments