राष्ट्रिय सहकारी बैंकमा ६३ जना स्थायी कर्मचारी माग

-नोटबजार संवाददाता।
काठमाडौं।
४चैत्र, २०७७, बुधबार / Mar 17, 2021 11:17:am

राष्ट्रिय सहकारी बैंकले विभिन्न पदहरुका लागि कर्मचारीको अनलाइन दरखास्त आह्वान गरेको छ ।

बैंकले रिक्त रहेको अधिकृत पदका लागि १ जना, सहायक अधिकृत १२ जना, वरिष्ठ सहायक २ जना र कनिष्ठ सहायक ४८ जना गरि जम्मा ६३ जना स्थायी कर्मचारीकोे माग गरेको हो ।

इच्छुक तथा योग्यता १८ वर्ष पुरा भई ४० ननाघेका नेपाली नागरिकले चैत्र ४ गतेबाट चैत्र १८ गते सम्म दरखास्त पेश गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार लिखित, प्रयोगात्मक, प्रस्तुतिकरण, समुह छलफल तथा अनतर्वार्ताबाट उम्मेदवारको छनौट गरिने जनाएको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments