डेडिकेटेड र ट्रंकलाइनको १० अर्ब बक्यौता एक महिनाभित्र उठाउन निर्देशन

-नोटबजार संवाददाता।
काठमाडौं।
२२चैत्र, २०७७, आईतवार / Apr 04, 2021 13:09:pm

संसद्को सार्वजनिक लेखा समितिले उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंंकलाइन मार्फत उपभोग गरेको विद्युतको बक्यौता रकम एक महिनाभित्र उठाउन निर्देशन दिएको छ।

समितिको आइतबार बसेको बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो।

उद्योगी व्यवसायीले यी डेडिकेटेड र ट्रंंकलाइन प्रयोग वापतको विद्युत महशुल करिब १० अर्ब तिर्न बाँकी रहेको छ ।

लेखा समितिले डेडिकेटेड र ट्रंंकलाइनका सम्बन्धमा कांग्रेस सांसद मीनेन्द्र रिजालको नेतृत्वमा गठन गरेको उपसमितिको प्रतिवेदन पास गर्दै बक्यौता उठाउने समयावधि निर्धारण गरेको हो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments