एभरेष्ट बैंकमा पहिलो पटक नेपाली प्रमुख कार्यकारी अधिकृत

-नोटबजार संवाददाता।
काठमाडौं।
२२चैत्र, २०७७, आईतवार / Apr 04, 2021 19:39:pm

एभरेष्ट बैंकले पहिलो पटक नेपाली नागरिकलाई प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंक सञ्चालक समितिले सिटिजन्स बैंकको सञ्चलकमा रहेका बैंकर सुदेश खलिङलाई प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकले २५ वर्षदेखि भारतीय नागरिकलाइ प्रमूख कार्यकारी अधिकृत बनाउदै आएको थियो । एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी छ ।

बैंकको शेयरधनीको हैसियतले पञ्जाब नेशनल बैंकले व्यवस्थापनको नेतृत्वमा आफ्ना कर्मचारीलाई पठाउने गरेको थियो । भारतीय नागरिकले नेपाली बजारमा बैंकिङ व्यवसाय विस्तार गर्नेमा समस्या हुने गरेको देखिपछि सञ्चालक समितिले पञ्जाव नेशनल बैंकले पठाएका गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएर खालिङलाई नियुक्त गरेको हो ।

सिटिजन्स बैंकको संचालक हुनुअघि खालिङ लक्ष्मी बैंकको सीइओ थिए । लक्ष्मी बैंक अघि खालिङ स्ट्याण्डर्ड चार्टर्ड बैंकमा थिए । बैंकिङ क्षेत्रमा तीन दशक भन्दा लामो समय विताएका खालिङ जोखिम व्यवस्थापनमा एक्सपर्ट पनि मानिन्छन् ।

 

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments