प्रिमियर इन्स्योरेन्सको १९ करोडको लाभांश पारित

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२३चैत्र, २०७७, सोमबार / Apr 05, 2021 14:54:pm

प्रिमियर इन्स्योरेन्स लिमिटेड (PIC) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १९ करोड २३ लाख ३१ हजार ८८० रुपैयाँ लाभांश पारित गरेको छ ।

चैत २३ गते सोमबार सम्पन्न भएको कम्पनीको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको ११.०५ प्रतिशतका दरले हुन आउने १९ करोड २३ लाख ३१ हजार ८८० रुपैयाँ नगद लाभांश पारित गरेको हो ।

इन्स्योरेन्स सञ्चालक समितिको पुस २७ गते सोमबार सम्पन्न सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको ११.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सभालाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठले कोभिड माहामारीको बीचमा पनि कम्पनीको प्रगती सन्तोषजनक रहेको बताए । कोरोना भाइरसले पारेका असर बीच पनि लगानीकर्तालाई ११.०५ प्रतिशत लाभाशं दिन सक्षम रहेको बताए ।

कोरोना भाइसबाट बीमा व्यवसाय मुक्त हुन अझै समय लाग्ने बताउँदै उनले कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ३६ करोड ९९ लाख ४४ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए । “चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले १८ करोड ६९ लाख भन्दा बढी खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा १०९ प्रतिशतले बढी हो । ” उनले भने ।

सभामा बोल्ने शेयरधनीहरुले भने अन्य सबैजसो कम्पनीहरुले बोनस शेयर वितरण गरिरहेको अवस्थामा प्रिमियरले नगद लाभांश मात्र वितरण गरी बोनस नदिएको भन्दै कम्पनीप्रति असन्तुष्टी जनाएका थिए ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments