सिद्धार्थ बैंकको बोनस नेप्सेमा सूचीकृत

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२५चैत्र, २०७७, बुधबार / Apr 07, 2021 17:10:pm

सिद्धार्थ बैंक लिमिटेड (SBL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको १ करोड १७ लाख ४५ हजार ३२० दशमलव ५७ कित्ता शेयर बुधबार नेप्सेमा दोस्रो बजारमा कारोबार गर्नमिल्नेगरी सूचीकृत भएको हो ।

बैंकको माघ माघ १६ गते शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस २८ गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस २७ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले पाउनेछन् । बुधबार सूचीकृत भएको बैंकको बोनस लगानीकर्ताले डिम्याट खातामा प्राप्त भएपछि खरीद बिक्री गर्न सक्नेछन् । 

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments