समता लघुवित्तले बैशाख २ गतेदेखि एकीकृत कारोबार गर्ने
समता लघुवित्त वित्तीय संस्था (SMATA) ले आगामी बैशाख २ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । लघुवित्त र घरेलु लघुवित्तबीच मर्जर सम्पनन भई वैशाख २ गतेदेखि समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुन लागेको हो ।
दुबै लघुवित्त कम्पनीको पुस १४ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले एकआपसमा गाभ्ने । गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सो पश्चात नेपाल राष्ट्र बैंकले चैत १० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले चैत १९ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबारको थालनी भएको हो । गत असार १ गते दुई संस्थाबीच मर्जरका लागि सहमति भएको थियो।
मर्जरपछि उक्त कम्पनीको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वडा नम्बर ८, काभ्रेपलाञ्चोकमा रहनेछ । मर्जर सहमति अनुसार घरेलुको १०० बराबर समताको ८०कित्ता हुने गरी शेयर आदनप्रदान अनुपात रहनेछ । मर्जरपछि चुक्ता पूँजी २६ करोड १४ लाख रुपैयाँ हुनेछ।
बैशाख २ गतेबाट एकीकृत कारोबार हुने भएकाले चैत ३१ गते मंगलबार तथ्याङ्क प्रबिष्टीका लागि दुबै संस्था बन्द हुने जनाइएको छ ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं। २, सिमरा, बारा जिल्लामा रजिष्टर्ड कार्यालय रहेको ‘घ’ वर्गको समता लघुवित्त र बनेपा नगरपालिका वडा नं= ८ बनेपा, काभ्रेपलाञ्चोक जिल्लामा रजिष्टर्ड कार्यालय रहेको ‘घ’ वर्गको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएका हुन् ।
📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।