डिप्रोक्स लघुवित्तको नगद लाभांश वितरण

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२५चैत्र, २०७७, बुधबार / Apr 07, 2021 17:39:pm

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) को नगद लाभांश वितरण भएको छ । लघुवित्तले चैत २४ गते मंगलबारदेखि बुकक्लोजसम्म कायम सम्बन्धीत शेयरधनीको बैंक खातामा नै नगद लाभांश जम्मा गरेको हो ।

लघुवित्तको चैत २० गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश पारित भएको थियो ।

लघुवित्तले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पहिलो चरणमा नगद लाभांश जम्मा गरिदिएको हो । बुकक्लोजपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीलाई क्रमश नगद लाभांश वितरण गर्दै जाने बताइएको छ ।

यस्तै हालसम्म पनि कागजी शेयर धारण गर्ने लगानीकर्तालाई शेयर अभौतिकीकरण गराउन गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

अघिल्ला वर्षहरुको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीले शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गरी लाभांश लिनसक्ने कम्पनीले जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments