नियामकको निर्देशनपछि अजोडको हकप्रद स्थगित

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२५चैत्र, २०७७, बुधबार / Apr 07, 2021 18:05:pm

अजोड इन्स्योरेन्स (AIL) ले प्रस्ताव गरेको हकप्रद स्थगित भएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको दिर्नेशनपछि हकप्रद निष्काशन गर्न प्रस्ताव स्थगित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको चैत्र २५ गते बुधबार बसेको सञ्चालक समितिको आकस्मिक बसेको बैठकले बीमा समितिको निर्देशन बमोजिम हालको लागि हकप्रद प्रस्ताव स्थगित गर्ने निर्णय गरेको हो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले बीमा समितिले चैत्र २३ गते हकप्रद स्थगित गर्न निर्देशन दिएकोले सोही अनुसार सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन प्रस्ताव र अधिकृत पूँजी बढाउने प्रस्ताव स्थगित गर्ने निर्णय गरेको जानकारी दिए ।

अजोड इन्स्योरेन्सको सञ्चालक समितिले चैत्र १७ गते हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

 

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments