घुस लिने लेखा अधिकृत र सव इन्जिनियर विरुद्ध विशेष अदालतमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाण्डौमा लेखा अधिकृत र सव इन्जिनियर विरुद्ध आरोप पत्र दायर गरेको छ ।
आयोगले पर्यटन विकास आयोजना वाग्मती प्रदेश हेटौंडा, मकवानपुरका सव–इन्जिनियर नेत्र प्रसाद लामिछाने र लेखा अधिकृत देवी प्रसाद गौतम विरुद्ध आरोप पत्र दायर गरायको हो ।
आयोगको टंगालबाट भएको टोलिले सब–इन्जिनियर नेत्र प्रसादले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा लेखा अधिकृत देवी प्रसाद गौतम र इन्जिनियर लामिछानेले सेवाग्राहीलाई उपभोक्ता समितिको धरौटी रकम फिर्ता गरिदिए वापत ५० हजार घुस लिएको पुष्टि भएको हो ।
📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।