पाँच करोड राजश्व छलीमा अभिनास इन्टरनेशनल सञ्चालक विरुद्ध मुद्दा

-नोटबजार संवाददाता।
काठमाडौं।
२५चैत्र, २०७७, बुधबार / Apr 07, 2021 19:12:pm

राजश्व् अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिल प्रयोग गरी राजस्व छलि गर्ने अभिनास इण्टरनेश्नल सञ्चालक प्रविन्द्र साह विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागले ५ करोड ३९ लाख ८५ हजार १२३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई चैत २४ गते मुद्दा दर्ता गरेको हो।

साह र उक्त फर्मको बैंक खाता सञ्चालक मो. जाबिर अन्सारी समेतल झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई विक्री बीजक जारी गरी मूल्य अभिवृद्धि र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments