पयर्टन क्षेत्रको लगानी अझै पनि जोखिममा छ : चेम्बर अध्यक्ष

-नोटबजार संवाददाता।
काठमाडौं।
२६चैत्र, २०७७, बिहीबार / Apr 08, 2021 18:44:pm

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र अहिले सन्तोषजनक अवस्थामा नरहेको बताएका छन् । उनले छैन कोभिड संकट सुरु भएको एक वर्षभन्दा बढी समय भइसकेपनि अर्थतन्त्रको गति अझै अन्योलग्रस्त रहेको बतएका हुन ।

चेम्बरको ७० औ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले पर्यटन लगायतका क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको उनको भनाई छ । पछिल्लो समयमा सुधार भएका क्षेत्र पनि सन्तोषजनक नरहेको उनको भनाई छ ।

निजी क्षेत्रको धरोहरका रुपमा रहेको नेपाल चेम्बर अफकमर्स अहिले सरकारका लागि विश्वासिलो साझेदार रुपमा स्थापित भएको बताए । सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानमूलतः नेपाल चेम्बर र चेम्बरजस्तै संस्थाहरूसँगको सहकार्यबिना पूरा हुन नसक्ने बताउदै निजी क्षेत्र र सरकारबीच कुनै सीमा रेखा कोनुृ आवश्यक नरहेको उनको सुझाव रहेको छ ।

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने अनुमान गरेको छ भने केन्द्रीय तथ्यांक विभागले गत आवमा करिब २ प्रतिशतले ऋणात्मक रहेको देखाएको छ । ३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैंमा त्यति ठूलो नभएकाले अर्थतन्त्रलाई महामारीबाट जोगाउन साधन स्रोतको अभाव भन्दा पनि इच्छाशक्ति जरुरी रहेको श्रेष्ठको भनाइ छ । विगतमा सरकारले बजेट तथा मौद्रिक नीतिबाट ल्याएका केही राहत सम्बन्धी व्यवस्थाका कारण अर्थतन्त्रले थप क्षति बेहोर्नु नपरेको बताउदै उनले भने,“ पुनरुत्थानको बाटोमा अझै हिँड्न सकेको छैन ।”

कोरोना महामारीपछि चाँडो रिकभर भएको अर्थतन्त्रका रुपमा नेपालको नाउँ सारा विश्वले चिन्न सक्ने गरी निजी क्षेत्र सरकारलाई हरतरहले साथ दिनतयार रहेको उनले बताए । सरकारले ठूलो लगानी गर्नु भन्दा पनि केही नीतिगत सहजीकरण मार्फत निजी क्षेत्रका लागि काम गर्न सक्छ भन्ने आशा रहेको उनले बताए ।

सरकारका ऐन, कानुन, नीति तथा कार्यक्रममा निजी क्षेत्रका माग तथा सुझावहरु केही न केही समेटिएको अवस्था छ । सरकार र निजी क्षेत्र एकले अर्कालाई निषेध गरेर अगाडि बढ्न सक्दैनन् । हामीबीच सहकार्यको विकल्प छैन । सरकार कहिलेकाहिँ गलत बाटोमा हिँड्न खोजेमा सच्याउने दायित्व आम नागरिकको जस्तै निजी क्षेत्रको पनि रहेको उनको भनाइ छ । अहिले सरकार, निजी क्षेत्र र श्रमिकबीच विश्वासको वातावरण बनेकाले आर्थिक सुधारलाई नयाँ उचाईमा पु¥याउने उयुक्त अवसर रहेको श्रेष्ठको बुझाइ रहेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments