डिप्रोक्स लघुवित्तले ६१ प्रतिशत खुद नाफा बढाउँदा प्रतिसेयर आम्दानी ५० रुपैयाँ !

Note Bazar २३बैशाख, २०७६, सोमबार / May 06, 2019 07:02:am

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ७२ लाख खुद नाफा कमाएको छ ।

गत वर्षको भन्दा नाफा ६१.८० प्रतिशत धेरै नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी समेत झण्डै पचास प्रतिशतले बढेको छ ।
गत वर्ष कम्पनीले १७ करोड ७५ लाख खुद नाफा आर्जन गरेको थियो ।

डिप्रोक्सको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ५२ पैसा कायम भएको छ । जुन गतबर्षको तुलनामा ४७.९ प्रतिशत बढी हो ।

लघुवित्त खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २८ र ६८ प्रतिशले वृद्धि भएको छ । गत वर्षको यसै अवधिमा ४५ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको डिप्रोक्सले यो त्रैमाससम्म बढाएर ५८ करोड ४० लाख पुर्याएको छ । सञ्चालन नाफा ३८ करोड ७२ लाख गरेको छ ।

लघुवित्तले ३ अर्ब ३४ करोड ३१ लाख निक्षेप संकलन गरी १० अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ । उसले बैंकहरुबाट ६ अर्ब ६ करोड सापटी चलाएको छ ।

चुक्ता पूँजी ७७ करोड ३४ लाख रहेको डिप्रोक्सको जगेडा कोषमा ६४ करोड २८ लाख छ । कम्पनीले गतबर्षकोे दश प्रतिशत बोनस वितरण गरेको थियो । जसको खराब कर्जा ०.८८ प्रतिशत छ ।

 


Share on:


Comments