अरुण काबेलीको वित्तीय अवस्थामा सुधार

Note Bazar ३०बैशाख, २०७६, सोमबार / May 13, 2019 12:15:pm

चालु आर्थिक वर्षको चैतसम्ममा अरुण कावेली हाइड्रो पावर कम्पनी नाफामा गएको छ । गत वर्षको यसै अवधिमा घाटामा रहेको अरुण काबेली पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक लाख ५० हजार रुपैयाँ नाफा कमाएको हो । गत आवको ९ महिनामा कम्पनी १० लाख २४ हजार नोक्सानीमा रहेको थियो ।


विद्युत विक्री मार्फतको आम्दानी नगरेको भएपनि कम्पनीले अन्य स्रोत मार्फतको आम्दानी बढाउँदा र ह्रासकट्टी खर्च घटाउँदा नाफामा गएको हो ।


कम्पनीले अन्य स्रोत मार्फत १६ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको चैतसम्मको तुलनामा २७ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १३ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।


गत वर्षको यसै अवधिमा २० लाख ८५ हजार रुपैयाँ ह्रासकट्टी खर्च गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उक्त खर्च ९ लाख ९७ हजार रुपैयाँमा सीमित गरेको छ ।


एक अर्ब ५० करोड चुक्ता पूँजी रहको कम्पनीको जगेडा कोष एक करोड ५३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ९७ पैसा छ ।


Share on:


Comments