स्पर्श लघुवित्तको नाफा एक करोड ५६ लाख

नोटबजार संवाददाता 
१२श्रावण, २०७६, आईतवार / Jul 28, 2019 09:13:am

स्पर्स लघुवित्तले गत आर्थिक वर्षमा एक करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आईपिओ बिक्री प्रश्चात ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी पुगेको लघुवित्तको जगेडा कोष समेत एक करोड ५८ लाख २७ हजार जम्मा भएको छ ।१६ करोड ६७ लाख निक्षेप संकलन र ६८ करोड ५८ लाख सापटीबाट ९० करोड ३८ लाख बढी कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले ४ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा २ लाख २८ हजार सञ्चालन नाफा आर्जन गरेको छ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८२ पैसा, प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ८ पैसा, निस्क्रिय कर्जा अनुपात ०.४९ प्रतिशत छ।
लघुवित्तले गत फागुन २६ देखि २९ गतेसम्म कूल २ लाख ६९ लाख ६३० कित्ता आईपिओ निष्काशन गरि चैत १० गते बाँडफाँड गरेको थियो।


Share on:


Comments