सूर्या लाइफको ७० प्रतिशत हकपद साउन २८ गतेसम्म कायम शेयरधनीले खरिद गर्न पाउने

Note Bazar २८श्रावण, २०७६, मंगलवार / Aug 13, 2019 08:45:am

सूर्या लाइफ इन्स्योरेन्सले भदौ ८ गतेदेखि ७० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गदैछ । कम्पनीले हकप्रद प्रयोजनका लागि साउन २९ गते १ दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यसअनुसार बुकक्लोज भएको अघिल्लो दिन अर्थात साउन २८ गतेसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्।

इन्स्योरेन्सले ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्नेछ । बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा कम्पनीले हाल कायम चुक्तापूँजीको १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको ८८ लाख ७४ हजार ९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनी शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल रहेको छ ।

हकप्रदमा क्यापिटलको कार्यालयका साथै सि आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । उपत्यका बाहिरका सूर्यालाइफका शाखा कार्यालय मार्फत पनि आवेदन गर्न पाइनेछ । आवेदन दिने अन्तिम मिति असोज १२ गतेसम्म रहेको छ ।

हाल १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।


Share on:


Comments