नयाँ आर्थिक वर्षको पहिलो महिनामा ६७ अर्ब राजश्व संकलन, बजेट खर्च ४ अर्ब २० करोड

Note Bazar १भाद्र, २०७६, आईतवार / Aug 18, 2019 16:10:pm

सरकारले चालु आर्थिक वर्षको पहिलो महिनमा ६७ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार कर शीर्षक अन्तर्गत ६२ अर्ब ३३ करोड ४३ लाख र गैरकर शीर्षक अन्तर्गत ४ अर्ब ८७ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

सरकारले आर्थिक वर्षको पहिलो महिनामा निर्धारित लक्ष्यको ६.०४ प्रतिशत राजश्व संकलन गरेको हो । चालु आर्थिक वर्षका लािग सरकारले ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

यस्तै, सरकारले आर्थिक वर्षको पहिलो महिनामा कूल ४ अर्ब २० करोड ३५ लाख बजेट खर्च गरेको छ । यो कुल बजेटको ०.२७ प्रतिशत हो । सरकारले चालू वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बजेट विनियोजन गरेको छ ।

सरकारले साउनमा चालूगत खर्च अन्तर्गत ३ अर्ब ५० करोड १४ लाख खर्च गरेको छ भने पूँजीगत तर्फ ५९ करोड २९ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।यो सरकारले विनियोजन गरेको कूल बजेटको ०.१५ प्रतिशत मात्र हो ।


Share on:


Comments