अर्थतन्त्र सकारात्मक दिशातर्फ आयात घट्दै निर्यात बढ्दै

Note Bazar ६कार्तिक, २०७६, बुधबार / Oct 23, 2019 18:01:pm

चालु आर्थिक वर्ष २०७६/७७ मा आयात घट्दो गतिमा छ भने निर्यात क्रमीक रुपमा वढेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा ८ अर्ब रुपैयाँ रहेको निर्यात दोस्रो महिनामा वढेर १८ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा आयात ११.५ प्रतिशतले घटेको छ भने निर्यात २७.७ प्रतिशतले बढेको थियो । तर, दोस्रो महिनामा आयात १.२ प्रतिशतले घटेको छ भने निर्यात २५.९ प्रतिशतले बढेको छ ।

दुई महिनामा कुल वस्तु निर्यात २५.९ प्रतिशतले वृद्धि भई १८ अर्ब ५० करोड पुगेको छ । पहिलो महिनाको तुलनामा दोस्रो महिनामा निर्यात वृद्धि दर घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु निर्यात २७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब ८४ करोड रुपैयाँ पुगेको थियो ।

दोस्रो महिनामा गन्तव्यका आधारमा भारततर्फ ४६.० प्रतिशत र अन्य मुलुकतर्फ ०.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), कपडा लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तार, तयारी पोशाक, पश्मिना लगायतका वस्तुको निर्यात घटेको छ ।


Share on:


Comments