साधना लघुवित्तको व्यवसायको आकार तथा नाफामा उच्च बढोत्तरी

Note Bazar १९कार्तिक, २०७६, मंगलवार / Nov 05, 2019 11:34:am

साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यसै अवधिको तुलनामा लघुवित्तको नाफा ४१३ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको यही अवधिमा लघुवित्तले १४ लाख ९३ हजार मात्रै नाफा गरेको थियो । लघुवित्तले व्यवसाय विस्तारमा जोड दिएपछि कमाई बढेको हो ।

समीक्षा अवधिमा ३२ करोड ५९ लाख बचत संकलन गरी १ अर्ब ४ करोड १६ सापटी लिएर लघुवित्तले १ अर्ब ३६ करोड १९ लाख कर्जा परिचालन गरेको छ । जसबाट २ करोड ४६ लाख खुद ब्याज आम्दानी आजृन गरेको छ ।

लघुवित्तको चुक्ता पूँजी १४ करोड ६० लाख पुगेको छ भने रिजर्भ कोषमा ३ करोड ४१ लाख राखेको छ । प्रति शेयर आम्दानी २०.९८ (बार्षिक) रहेको संस्थाको कस्ट अफ फण्ड ९.६२ प्रतिशत तथा तरलता अनुपात १३.२१ प्रतिशत छ ।

लघुवित्तले गत असार ३० गतेबाट आर्थिक समृद्धी लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार संचालन गरेको छ ।


Share on:


Comments