अजोड इन्स्योरेन्सको प्रतिशेयर आम्दानी एक रुपैयाँ ११ पैसा, नाफा बढ्यो

Note Bazar २८कार्तिक, २०७६, बिहीबार / Nov 14, 2019 13:00:pm


अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोहि अवधिमा ७७ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ५८ लाख ७२ हजार नाफा कमाएको थियो ।

कम्पनीले मसान्तसम्म २० करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरि ५ करोड ३५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ४ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन थियो । भने दावी भुक्तानी हुन बाकी रकम भने ४ करोड ११ लाख रुपैयाँ छ । कम्पनीले असोज मसान्तसम्म २६ हजार ४४३ बीमा लेख जारी गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ भने १ करोड ८२ लाख रुपैयाँ जगेडा कोषमा रहेको छ । बीमा कोषमा ३ करोड २० लाख राखेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ११ पैसा, प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८८ पैसा छ ।अघिल्लोे आर्थिक बर्ष फाइनान्सले आठ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।


Share on:


Comments