बोटलर्स नेपाल र तराईको साधारण सभाबाट पारित हुँदैछन् यस्ता एजेण्डा

Note Bazar २८कार्तिक, २०७६, बिहीबार / Nov 14, 2019 08:44:am

कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ले आज बार्षिक साधारण सभा गर्दैछन् । बोटलर्स नेपालले ४१ औँ र बोटलर्स तराईले २३ औँ वार्षिक साधारण सभा गर्न लागेका हुन् ।

बोटलर्स नेपाल (बालाजुले लाभांश प्रस्ताव विना नै साधारण सभा बोलाएको छ भने बोटलर्स नेपाल तराईले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारणसभा दरबारमार्गिस्थत होटेल अन्नपूर्णमा हुनेछ । तराईको सभा बिहान ११ बजे डाकिएको छ भने बोटलर्स नेपालको बेलुका ४ बजे डाकिएको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । बोटलर्स नेपालले अघिल्लो आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

दुवै कम्पनीले साधारणसभाको लागि कार्तिक १४ देखि कार्तिक २८ गतेसम्म बुक क्लोज गर्ने भएका छन् । जस अनुसार कार्तिक १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

साधारणसभाले लाभांश सँगै, वित्तीय प्रतिवेदन, लेखापरिक्षक नियुक्ती लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।


Share on:


Comments