आठ प्रतिशत नाफा बढ्दा मेगा बैंकको प्रतिशेयर आम्दानी एक रुपैयाँ बढ्यो

Note Bazar ३०कार्तिक, २०७६, शनिबार / Nov 16, 2019 14:45:pm

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म मेगा बैंकले ४३ करोड ७४ लाख खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा ८.११ ले बढी हो । गत आर्थिक वर्षको यसैअवधिमा बैंकले ४० करोड ४५ लाख खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्म बैंकको वितरण योग्य नाफा ३२ करोड ५६ लाख ६८ हजार रुपैयाँ छ । बैंकले असोज मसान्तमा ७९ अर्ब ८९ करोड निक्षेप संकलन गरी ७१ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको निक्षेप करिब २१ प्रतिशत र कर्जा लगानी १४.२४ ले बढेको छ । जसबाट बैंकले १२ करोड ६२ लाख खुद ब्याज आम्दानी गरेको छ ।

चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ८५ करोड रुपैयाँ छ। यस्तै एक अर्ब ६५ करोड ९२ लाख रुपैयाँ रिटेन्ड अर्निङ्ग छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि एक रुपैयाँ ०४ पैसाले बढेर १६ रुपैयाँ ४८ पैसा कायम छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा तथा मूल्य आम्दानी अनुपात ११.८३ गुणा बढी छ ।

बैंकको खराब कर्जा अुनपात सामान्य बढेको छ। गत आवको यसै अवधिमा बैंकमा निष्कृय कर्जा अनुपात १.०८ प्रतिशत रहेकोमा यस वर्ष बढेर १.४२ प्रतिशतमा पुगेको छ । यस्तै बैंकको पूँजी कोष अनुपात १५.२७ प्रतिशत, कोषको लागत ७.४० प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.२४ प्रतिशत र आधारदर १०.१९ प्रतिशत रहेको छ।


Share on:


Comments