नेपाल टेलिकमको नाफा १ अर्ब ८७ करोडले घट्यो, खस्किदै ब्यापार

0
Shares

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमको नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको यसै अवधिमा भन्दम १ अर्ब ८७ करोडले नाफा घटेको विवरण सार्वजनिक गरेको हो ।

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासम्मा कुल ९ अर्ब ९८ करोड ३९ लाख खुद नफा कमाएको छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले ११ अर्ब ८५ करोड ६४ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीको सेवा बिक्री बापतको मुख्य आम्दानी नै यस अवधिमा २९ अर्ब ३९ करोड बाट २७ अर्ब ५० करोडमा झरेपछि खुद नाफामा गिरावट आएको हो । कम्पनीले प्रशासनिक र कमर्चारीको सेवा सुबिधाको खर्च भने घटाएको छ । कम्पनीले लगानी केही बढाएको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात ७.०२ गुणा छ भने नेट वर्थ ६७६.०५ रहेको छ । कम्पनीको ईपीएस ८८.७५ रहेको छ ।

चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८६ अर्ब ४० करोड जम्मा भएको छ ।

प्रकाशित मिति: ३१ वैशाख २०७६, मंगलबार  ०९ : ४७ बजे