शेयर बजार परिसूचक नेप्से साताको कारोबार दिन आइतबार १.८७ अंकले ऋणात्मक बनेको छ । गत बिहीबार २.२९ अंकले घटेको बजारमा आइतबार निरन्तरता पाएको हो । सूचक घटेपनि आइतबार कारोबार रकममा भने सुधार आएको छ ।
आइतबार शिवम् र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सर्किट लागेको छ । शिवम सिमेन्ट्सको शेयरमूल्य ९.९७ प्रतिशत बढेर प्रतिकित्ता ६२९ र कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९० प्रतिशतले बढेर १११ रुपैयाँ पुगेको छ ।
कारोबार रकम एक अर्ब नघ्दा नेपाल बैंक र शिवम् सिमेन्टस्को शेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । नेपाल बैंकको पनि २२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा शिवम् सिमेन्टको समेत १८ करोड ७० लाख रुपैयाँ बराबरको करोबार भएको छ ।
यस दिन नेप्से १.८७ अंकले घटेर १३१६.८४ बिन्दुमा झरेको छ । १७२ कम्पनीका ३२ लाख ८१ हजार ११६ कित्ता शेयर खरिदबिक्री भएर एक अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भए।
गत बिहीबारको तुलनामा शेयर कारोबार रकम करिब १५ करोड रुपैयाँले बढी हो । बिहीबार ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार करोबारमा आएका १२ उपसमुहहरु सूचक मिश्रित देखिएका छन् । ६ समुहको सूचक सकारात्मक बन्दा ६ समुहको सूचक नकारात्मक रहे । उत्पादन तथा प्रशोधनको सूचक सबै भन्दा धेरै १००.२६ अंकले सुधार भएको छ । यस्तै विकास बैंक ८.८२, फाइनान्स ५.३६, हाइड्रोपावर ३.०३, अन्य १.९६ र म्युचुअल फण्डको सूचक ०.०३ अंकले सकारात्मक भएका छन् ।
यता जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै ५९.७३ अंकले ओरालो लागेको छ । यस्तै यस्नै निर्जीवन बीमा पनि ५९.०३ अंकले नकारात्मक बने ।
होटल १२.१९, माइक्रोफाइनान्स ८.५, व्यापार ८.४५, वाणिज्य बैंक ४.२२ अंकले ओरालो लागेका हुन् ।
आइतबार नेपाल बैंक र शिवम् सिमेन्टको शेयर अधिक मात्रामा कारोबार हुदाँ बुटवल पावर र प्रभु बैंकको ३ करोड रुपैयाँ भन्दा बढीको करोबार भयो । यस्तै कृषि विकास बैंक, हिमालयन डिस्टीलरी, नेपाल इन्स्योरेन्स र एनसीसी बैंकको २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आइतबार शिवम् सिमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । शिवम्को शेयरमूल्य ९.९७ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक शेयरमूल्य ९.९० प्रतिशतले बढेको हो । यस्तै रिलायन्स फाइनान्सको शेयरधनीले ८.५३, प्रोग्रेशिभ फाइनान्सको ७.८४, बरुण हाइड्रोपावरको शेयरधनीहरुले ७.६९ प्रतिशतले कमाएका छन् ।
यता विशाल बजार कम्पनीका शेयरधनीहरुले सबै भन्दा धेरै ५.७८ प्रतिशतले गुमाएका छन् । ग्लोवल आइएमई लघुवित्त, आइएमई जनरल इन्स्योरेन्स, नाडेप लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
प्रतिक्रिया