प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने

0
Shares

काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज हुने अस्पतालले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

प्रधानमन्त्री ओली सो अस्पतालमा हेमोडायलाइसिसका लागि हिजो भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ।प्रधानमन्त्रीको मिर्गौलाको हिजो र आज गरी दुई पटक डायलासिस गरिएको थियो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आजै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली हिजो (बुधबार) बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका थि‍ए ।

प्रकाशित मिति: १४ कात्तिक २०७६, बिहीबार  १८ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।