रारा ताल क्षेत्रमा १५ करोड लगानीमा ३ वटा रिसोर्ट खुल्ने

Note Bazar ७बैशाख, २०७६, शनिबार / Apr 20, 2019 12:02:pm

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको राराताल आसपासमा तीन वटा रिसोर्ट खुल्ने भएका छन् । बर्सेनी हजारौँको संख्यामा रारा घुम्न पर्यटक आउने गरेपनि पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल सञ्चालनमा छैनन् । जसका कारण पर्यटकले सास्ती खेपिरहेको अवस्थालाई मध्यनजर गर्दै स्तरीय सेवा दिन भिलेज रिसोर्ट नामका तीन वटा रिसोर्ट खोल्न लागिएको हो । 
 


Rara Lake१५ करोडभन्दा बढी लगानीमा रिसोर्ट स्थापना गर्न लागिएको हो । इकोप्यानलको प्रयोग गरी चाँडै रिसोर्टको भवन तयार गरि छिट्टै सञ्चालनमा ल्याइने रिसोर्टका अध्यक्ष अनुपविक्रम शाहले बताए । रारा विमानास्थल नजीकै रहेका ताल्चा, सल्लेरी र मुर्मा गरी तीन ठाउँमा रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो ।

तीनै ठाउँमा गरी २० रोपनी क्षेत्रफलको जग्गामा ६० कोठाको रिसोर्ट सञ्चालनमा आउने बताइएको छ । 
 
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो । शुक्रबार मुगुको रारा विमानस्थल ताल्च, सल्लेरी र मुर्मामा रिसोर्टको शिलान्यास समेत गरिएको सञ्चालक शाहले जानकारी दिए । जिल्लामा आउने हवाई र स्थलमार्ग सहज भएसँगै रारा ताल हेर्न मुगु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । 
 


रारा ताल रहेको हुटुमा दुई वटा होटल सञ्चालनमा छन् । दुवै होटलले दिनमा एक सय पर्यटकलाई मात्र सेवा दिन सक्छन् । रासस


Share on:


Comments