नेपाल एग्रो लघुवित्तको आईपिओ खुल्यो

Note Bazar ८बैशाख, २०७६, आईतवार / Apr 21, 2019 09:55:am

नेपाल एग्रो लघुवित्तले आइतबारदेखि साधारण शेयर (आइएपिओ) निष्काशन गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले जारी पूँजी ४ करोड ९७ लाख रुपैयाँ बराबरको ३२.५० प्रतिशत पूँजी सर्वसाधारणबाट जुटाउन आईपिओ निष्काशन गरेको हो ।

लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा एक करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गर्ने कुल एक लाख ६१ हजार ७७८ कित्ता शेयरमध्ये दुई हजार ४८९ कित्ता कर्मचारी र आठ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ । एक लाख ५१ हजार २०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपिओमा न्यूनतम १० देखि ८०० कित्तासम्म आवेदन गर्न सकिनेछ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । लघुवित्तको आईपिओ निष्काशन बैशाख ११ गते बुधबार बन्द हुनेछ ।

 


Share on:


Comments