कमोडिटी मार्केटको लाईसेन्स दुई महिनाभित्र : बोर्ड अध्यक्ष ढुङ्गाना

Note Bazar २७पुष, २०७६, आईतवार / Jan 12, 2020 18:39:pm


नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले कमोडिटी मार्केट सञ्चालनका लागि नयाँ लाईसेन्स दिने काम आगामी दुई महिनाभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का प्रतिनिधिहरुसँगको भेटमा ढुङ्गानाले पहिला नै सुल्झाई सक्नुपर्ने कमोडिटी मार्केटको विषय अब भने अल्झाएर नराख्ने बताए । बोर्ड अध्यक्ष परिर्वतन भएकासँगै पुरानो आवदेन खारेजी गरी नयाँ आवेदन माग्ने तयारी बोर्डले गरेको छ । 

आफ्नो कार्यकालमा पूँजीबजारको स्थायित्वका लागि काम गर्ने बताउँदै उनले पूँजीबजारमा नयाँ औजारहरु थप गर्नुपर्ने आवश्यकता औल्याए।

पूँजीबजारका विकास र विस्तारका लागि आर्थिक पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने हुदाँ जुन कुराले बजारको विकास र यस सँग सम्वन्धित पक्षहरुको हित हुन्छ त्यसतर्फ ध्यान दिन पनि अध्यक्ष ढुंगानाले आग्रह गरे ।

ढुङ्गानासँगको भेटमा नाफिजका अध्यक्ष सिताराम भट्टराईले पूँजीबजारका विषयमा कलम चलाउने पत्रकारहरुको क्षमता विकासका लागि पहल गर्न आग्रह गरे ।

शुक्रबारदेखि नयाँ अध्यक्षको रूपमा बोर्डको पदभार सम्हालेका ढुङ्गानालाई स्वागत तथा शुभकामना व्यक्त गर्न नाफिजका प्रतिनिधिहरु बोर्ड पुगेका थिए ।


Share on:


Comments