माघ महिना सुरु भएपछि कर्जा निक्षेप दुबै घट्यो

Note Bazar ८माघ, २०७६, बुधबार / Jan 22, 2020 18:33:pm

चालु आर्थिक वर्षको सातौं महिना सुरु भएको तीन दिनमा वाणिज्य बैंकहरुको कर्जा तथा निक्षेप दुबै घटेको छ। चालु आवको पुस २९ गते देखि माघ ३ गतेसम्ममा बैंकहरुबाट ७ अर्ब निक्षेप झिकिएको छ भने १७ रुपैयाँ अर्ब रुपैयाँ कर्जा घटेको छ।

बैंकहरुबाट आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा कर्जाको ब्याज तथा किस्ता तथा कर तिर्नका लागि पैसा झिक्दा निक्षेप घटेको हो। तर, पुस मसान्तसम्ममा सरकारी कर तिर्नुपर्ने तथा ओभर ड्राफ्ट परिपक्क हुने विषयले पनि कर्जा घटेको देखिएको बैंकरहरु बताउँछन्।

पुस मसान्तमा कर चुक्ता गर्नुपर्ने भएकाले सरकारी खातामा पैसा जाने हुँदा बैंकिङ्ग बजारबाट निक्षेप घट्न जाने एक बैंकरले बताए । पुस मसान्तमा सबै व्यवसायीहरुले कर तिर्नुपर्ने रकम सरकारलार्इ दिनका लागि बैंकबाट पैसा झिक्ने ति बैंकरले बताए।

 

कर्जा तथा निक्षेपको ब्याज पनि पुस मसान्तपछि पूँजीकरण हुने भएकाले आर्थिक वर्षको ६ महिनाको अन्त्यमा निक्षेप तथा कर्जा दुबै घट्ने गरेको बैकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए।

“सरकारी खतामा पैसा ट्रान्सफर हुन्छ,” उनले भने, “सम्पुर्ण व्यवसायीहरुले सरकारलाइ अर्ध वार्षिक कर तिर्नुपर्ने भएकाले निक्षेप झिकिन्छ।” तर, सो अवधिमा नयाँ कर्जा जारी भन्दा पनि पुराना कर्जाहरु सेटलमेन्ट  हुने भएकाले कर्जा पनि घट्न जाने उनको तर्क छ ।

पुस मसान्तसम्ममा विगतका वर्षहरुमा पनि यस्तो क्रम देखिन्छ। सामान्यतया पुस मसान्तमा अर्धवार्षिक सेटलमेन्टका कारणले गर्दा पनि यस्तो भएको उनी बताउँछन् ।माघ ३ गतेसम्ममा २७ वाणिज्य बैंकहरुले कूल ३० खर्ब ५२ अर्ब निक्षेप संकलन गरी २७ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

 


Share on:


Comments