नेपाल हाइड्रो डेभलोपरको नाफा बढ्यो

-नोटबजार संवाददाता।
काठमाण्डौं।
२९माघ, २०७६, बुधबार / Feb 12, 2020 18:41:pm

नेपाल हाइड्रो डेभलोपर (NHDL) को नाफा बढेको छ । गत आवको यसै अवधिमा २ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हाइड्रोले ५५ लाख २७ हजार रुपैयाँले नाफा बढाउँदै २ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

बिजुली बिक्रीबाट हुने आम्दानी बढेसँगै हाइड्रोको नाफामा बढोत्तरी भएको हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बिजुली बेचेर कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आवको यसै अवधिमा कम्पनीले ५ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको थियो।

२६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोको वार्षिक प्रतिशेयर आम्दानी २०.८० रुपैयाँ छ। जगेडा कोषमा ४ करोड ७७ लाख रुपैयाँ सञ्चित रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात ५.६७ गुणा छ।


Share on:


Comments