रिचार्जरबाट सामान किन्दा फेस मास्क र स्यानीटाइजर निशुल्क

-नोटबजार संवाददाता।
काठमाण्डौं
१०चैत्र, २०७६, सोमबार / Mar 23, 2020 18:45:pm

मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई फेस मास्क तथा स्यानीटाइजर निशुल्क उपलब्ध गराउने भएको छ ।

रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टा भित्र काठमाण्डौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ ।

‘कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन अनुरोध गरिरहेको छ ।

यो अवस्थामा हामीले सर्वसाधारणको आवश्यक्ता पुरा गराउनका लागि यस्तो अभियान चलाएका हौं’ ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने ।

बजारमा मास्क र स्यानिटाइजरको अभाव भैरहेका बेला रिचार्जरबाट विद्युतीय उपकरण खरिद गर्दा निशुल्क मास्क र स्यानिटाइजर बितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ ।

मोबाइल फोन, टेलिभिजन, ल्यापटप लगायतका उपकरण खरिद हरेक ग्राहले मास्क र स्यानिटाइजर निशुल्क पाउने छन् । यसका साथै घरबाट बाहिर निस्किन नमिल्ने अवस्थालाई ध्यानमा राख्दै मोबाइल एप बाट नै रकम भुक्तानी तथा किस्ताबन्दीको आवश्यक प्रकृया पुरा गर्ने व्यवस्था मिलाइएको रिचार्जरले जनाएको छ । किस्ताबन्दीमा सामान किन्न चाहनेहरुले शुन्य प्रतिशत व्याजदरमा सामान खरिद गर्न सक्ने छन् ।

विभिन्न वाणिज्य बैंकको इन्टरनेट बैंकिंग, विद्युतीय भुक्तानी सेवाप्रदायकका प्रयोगकर्ताले मोबाइल एपबाट सामान खरिद गरे पछि सिधै रकम भुक्तानी गर्न सक्छन् ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १०० क्यास प्वाइन्ट पाउछन् । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।


Share on:


Comments