×

चीनले फेरि भन्यो 'दुखःमा नेपालले आफूलाई एक्लो नठानोस्'

Note Bazar १०चैत्र, २०७६, सोमबार / Mar 23, 2020 22:42:pm

कोरोनाको सम्भावित विपतमा आफूलाई एक्लो नठान्न चिनले नेपाललाई आग्रह गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार एक् ट्वीट गर्दै नेपाललाई चीनको बलियो साथ रहेको बताएकी हुन्। एक साताका लागि नेपाल लकडाउनमा जाने निर्णय भए लगत्तै राजदूत यान्छीको यस्तो भनाई आएको हो ।

हामी नेपालका लागि प्रार्थना गर्दैछौ, उनले भनेकी छन्, 'हामी नेपालका साथीहरुलाई सहयोग पुर्‍याउन तत्पर छौं। चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं' उनले कोरोना भाइरससँग जुधिरहेको नेपालले एक्लो महसुस गर्नु नपर्ने पनि बताएकी छन्। 'तपाईंहरु कहिल्यै एक्लो पर्नु हुने छैन, हामी साथमा छौं, उनले भनेकी छन्।

 

 

 



Share on:


Comments